पार्टीले काम गर्न नदिएको मात्र एउटा प्रमाण दिन ओलीलाई प्रचण्डको चुनौती !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा मात्र प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । आज (बुधबार) नेकपा प्रचण्ड–नेपाल समूह काठमाडौं कमिटीले गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई यस्तो चुनौती दिएका हुन् ।

अध्यक्ष प्रचण्डले भने– सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु । उनले पार्टीले काम गर्न दिएन भनेर प्रधानमन्त्री ओलीले दिउँसै रात पार्न खोजेको आरोप लगाए ।

ुयो झुटो कुरा हो । दुनियाँलाई आँखामा छारो हाल्ने, दिउँसै रात पार्ने कुरा हो, प्रचण्डले भने, यो त एउटा जोक्करले मात्र गर्ने कुरा हो । प्रचण्डले ओलीलाई पूर्वएमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमले छोडेपछि पनि ओलीले आफूलाई राम्रोसँग नहरेको आरोप लगाए । उनले एक पटक ओलीलाई ऐना हेर्न सुझाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?