देशभर ४४५ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४४५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

त्यस्तै, बुधबार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । बुधबार मृत्यु भएकासँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?