म सँधै अन्यायको विपक्षमा र न्यायको पक्षमा लड्ने मान्छे हुँ : प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफु सँधै अन्यायको विपक्ष र न्यायको पक्षमा उभिने गरेको बताएका छन् ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहद्वारा काठमाडौँमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आँफु सँधै न्यायको पक्षमा उभिएको र उभिरहने उल्लेख गरेका छन् ।

उनले सो भेलामा सम्बोधन गर्दै माधव नेपाल प्रचण्ड तिर नगएको भन्दै बरू आँफु माधव नेपालको पक्षमा गएको समेत बताएका छन् ।

ओलीले आँफु र माधव कुमार नेपालमाथि अन्याय गर्न थालेको सुइँको पाएर नै नेकपाको पहिलो अध्यक्ष माधव कुमार नेपाललाई बनाएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विघटन भएको समेत बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?