म ओलीको ठाउँमा थिएँ भने राजिनामा दिन्थे : प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टी र सदस्यहरू आफ्नो विपक्षमा भए राजिनामा दिने बताएका छन् ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहद्वारा काठमाडौँमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीले सबैतिर बहुमत आफ्नो विपक्षमा हुँदा पनि अटेर गरेको उनले उल्लेख गरेका छन् ।

‘स्थायी कमिटिको बहुमत उहाँकै विपक्षमा छ । संसदीय दलको बहुमत पनि उहाँकै विपक्षमा छ । तै पनि बसिरहनु भएको छ ।’ उनले भने, ‘म भएको भए देख्ने बित्तिकै राजिनामा दिने थिए ।’

प्रचण्डले पछिल्ला केही वर्षमा ३ पटक पार्टी फुटाउने प्रयास गर्दा आफुहरूले ठूलो प्रयास गरेर जोगाएको समेत बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?