भारतीय सिरियलमा अभिनय गर्दै नेपालकी निरिषा बस्नेत

काठमाडाैँ । भारतीय सिरियलमा नेपाली मूलकी निरिषा बस्नेतले अभिनय गरेकी छिन् । उनले हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा अभिनय गरेकी हुन् ।

उक्त सिरियल भारतीय टेलिभिजन च्यानल सोनी सबबाट प्रसारण हुन्छ । निरिषा भर्खरै उक्त सिरियलका लागि अनुबन्धित भएकी हुन् ।

भारतको मुम्बईमा बस्ने निरिषाले यसभन्दा अघि पनि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा अभिनय गरिसकेकी छिन् ।

‘जानी नजानी’ उनको नेपाली डेब्यु फिल्म हो । ‘अलादिनः नाम तो सुना होगा’ अहिले छायाँकनको क्रममा रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?