रूसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन दिने

एजेन्सी । विश्वमै सबैभन्दा पहिले कोरोना भाइरसको खोप दर्ता गरेको रूसले नेपाललाई २ करोड ५० लाख डोज भ्याक्सिन दिनसक्ने भएको छ ।

रूसले विकास गरेको स्पुतनिक भि (Sputnik V) भ्याक्सिन नेपाल सप्लाई गर्न रूसले चासो देखाएको रोयटर्सले उल्लेख गरेको छ ।

रूसको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको समाचार संस्थाले यो समाचार प्रसारण गरेको रोयटर्समा उल्लेख छ ।

यो भ्याक्सिन रूसका ठूला नेता तथा मन्त्रीहरूले समेत लगाइसकेका छन् । रूसले स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी भएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?