सुनको मूल्यमा सामान्य वृद्धि, कति छ आजको भाउ ?

काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?