यस्तो छ तयारी विश्वकप क्रिकेटको उपाधि चुम्ने होडमा चार टीम


World Cup Cricketविश्वकप क्रिकेट यतिबेला अष्ट्रेलियामा चलिरहेको छ । विभिन्न शहरमा खेलाइएको खेलहरुको निष्कर्शमा यतिबेला सेमिफाईनलमा पुग्ने चार टिमको टुंगो लागेको छ । जसमा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र अष्ट्रेलिया तथा भारत छन् । अब सेमिफाईनलमा मार्च २४ तारिख दक्षिण अफ्रिकाले न्यूजिल्याण्डको सामना गर्नेछ भने भारत र अष्ट्रेलिया भिड्नेछन् । यी चारवटै टिमले २ वटा खेल जित्ने बित्तिकै उपाधिमा कब्जा गर्नेछन् । यतिबेला यी चार टिममध्ये कसले उपाधि चुम्ला र फाईनल भिडन्त कुन कुन देशकाबीच होला भन्ने अनुमान जारी छ । मुख्यतः अष्ट्रेलिया र न्यूजिल्याण्ड फाईनलमा पुग्ने खेल विश्लेषकहरुको अनुमान छ । तर, खेलमा हार र जित दुबै हुन्छ । यी चारैमध्ये जुनकुनैले पनि उपाधि चुम्न सक्छन् । फाईनल भिडन्त मार्च २९ तारिखमा आयोजना गरिनेछ । यो मेलबर्न शहरमा हुनेछ । क्वार्टरफाईनलको यात्राका क्रममा वेष्ट ईन्डिजलाई न्यूजिल्याण्डले १ सय ४३ रनले पराजित गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]