न्यूसाउथवेल्समा अझै १४ श्रोत नखुलेका कोरोना संक्रमित

सिड्नी, अष्ट्रेलिया ।

सिड्नीमा कोभिड १९ कोरोना भाईरसको पछिल्लो फैलावट नर्दन विच क्षेत्रबाट भयो । यस क्रममा कोरोना लागेका व्यक्तिहरुको बारेमा गरिएको अनुसन्धानबिच १२ जनामा कोरोना संक्रमण कसरी हुन गयो रु कहाँबाट सर्यो भन्ने खुल्न नसकेपछि समूदायस्तरमा अझै कोरोना संक्रमण बढ्दै जाने संकेत देखा परेको छ ।

मंगलबारमात्रै अर्को दुई श्रोत नखुलेको कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य अधिकारीहरुमा चिन्ता छाएको छ । यसमा क्यान्टबरी व्यांक्सटाउनर लेनकोभ काउन्सिल क्षेत्रका व्यक्तिहरु रहेको देखिन्छ । गएको डिसेम्बर १६ यता कूल १२ श्रोत खुलेका संक्रमित थिए ।

न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजेक्लिनले चेतावनी दिँदै समूदायस्तरमा कोरोना फैलिएको आशंका भएको बताएकी थिइन् । यसैकारण यो साता कोभिड १९ को प्रतिबन्धहरु खुकुलो पार्ने सम्भावना कम मात्र छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?