अन्तरमन्त्रालय सहकार्य सहज बन्दै गएको वाणिज्य मन्त्री थापाको दाबी


sunil thapaवाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले व्यापार प्रवद्र्धनका लागि अन्तरमन्त्रालय सहकार्य तथा सम्बन्धलाई सहज बनाउँदै लगिएको बताउनुभएको छ । युरोपेली आर्थिक च्याम्बर, नेपालको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले विगतमा मन्त्रालयबीचमा सहकार्य नहुँदा केही समस्या देखिएको भएपनि पछिल्लो समयमा आपसी सम्बन्ध सुधार हुँदै गएको बताउनुभयो । मन्त्री थापाले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन प्रभावकारीरुपमा कार्यान्वयन गर्दै लगिएकाले आगामी दिनमा त्यसको प्रभाव देखिने विश्वास व्यक्त गर्दै सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको बताउनुभयो । उत्पादन तथा यातायात लागत कम गर्नका लागि सरकारले पूर्वाधार तथा अन्य क्षेत्रमा विशेष ध्यान दिएर विकासका कार्य गरिरहेको उल्लेख गर्दै उहाँले निर्यातजन्य उद्योगको गुणस्तरलाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो । युरोपेली आर्थिक च्याम्बरका अध्यक्ष विनायक शाहले देशको अर्थतन्त्रलाई माथि उठाउनकालागि निर्यातजन्य उत्पादनमा सरकार तथा निजी क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिनुभयो । आर्थिक विश्लेषक अच्युत वाग्लेले युरोपमा नेपालको बजार बढाउन गुणस्तरीय उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै नेपाली उत्पादनको माग भएपनि बजार प्रवद्र्धन गर्न नसक्दा व्यापार घाटा बढेको धारणा राख्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]