
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४३० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
त्यस्तै, मंगलबार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मंगलबार मृत्यु भएकासँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।