भिक्टोरियामा छैठौं दिन पनि कोरोना शून्य संक्रमण सफलता, ट्राफिक लाईट बोर्डर पर्मिट लागू

मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा गएको २४ घण्टामा १८ हजार १ सय ३९ परीक्षण गरिएकोमा कुनैप्नि कोरोना संक्रमित फेला परेनन् । यससँगै राज्यमा कूल संक्रमितको संख्या ३८ पुगेको छ । गएको २४ घण्टाका यी परीक्षणहरुमा अन्तर्राष्ट्रिय यात्रीहरुमा पनि कुनै संक्रमण फेला परेको छैन ।

यसैबीच, भिक्टोरियाले ट्राफिक लाईट बोर्डर पर्मिट लागू गरेको छ । सोमबार साँझबाट लागू भएको यस नियम अनुसार अब कुनैपनि क्षेत्रबाट भिक्टोरिया आउनुअघि अनिवार्य अनुमति लिनुपर्नेछ । यदि भिक्टोरिया भ्रमण गर्नुपूर्व कुनै रेड जोनबाट वा त्यहाँ हुँदै आउन लागेका छन् भने त्यस्ता यात्रीलाई रोक लगाइनेछ । यस्तै अरेन्ज जोनहरुबाट आउने यात्रीले भने कोभिड १९ परीक्षण गर्नु आवश्यक हुनेछ । यस्तो परीक्षण भिक्टोरिया प्रवेश गरेको ७२ घण्टाभित्र गर्नुपर्नेछ र यसअघि र परीक्षणको नतिजा आउनुअघि घरमा नै आइसोलेसनमा बस्नुपर्नेछ । यस्तै ग्रीनजोनबाट आएका व्यक्तिहरुले भने यात्रा अनुमति लिनुपर्नेछ र आफूमा कुनै लक्षणहरु विकास भएका छन् कि विचार गर्नुपर्नेछ ।

यात्रा अनुमतिका लागि यहाँ क्लीक गर्न सकिन्छ

https://www.service.vic.gov.au/services/border-permit/home

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?