
काठमाडाैँ । अष्ट्रेलिया निवासी विकास उप्रेती र चर्चित गायिका मेलिना राईको सहकार्यमा ‘कोही छ ?’ गीत सार्वजनिक भएको छ । शनिबार जेके क्रिएसन युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।
डा. राजु बाबु श्रेष्ठको शब्दमा राजन राज शिवाकोटीले संगीत भरेका छन् भने विकास र मेलिनाले स्वर दिएका छन् । प्रिज्मा डिजिटल स्टुडियोमा भएको उक्त गीतमो संगीत संयोजन उदयराज पाैडेलले गरेका हुन् ।
त्यस्तै, माैसम हिमालीको निर्देशनमा निर्माण भएको उक्त गीतको भिडियोको छायाँकन नवराज उप्रतिले गरेका हुन् । दिलिप पन्त र टंक कार्की ‘छिमेकी’ले निर्माण गरेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।
भिडियो निर्माणको नेतृत्व नथुनी जयसवालले गरेका छन् ।