एन्फाका पूर्वमहासचिव लोकबहादुर शाहीको निधन !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपरसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जनाएका छन् ।

उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ । शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए । पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरे ।

नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बने । ले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?