दम्पतीको शङ्कास्पद मृत्यु !

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ मा एक दम्पतीको शङ्कास्पद रुपमा मृत्यु भएको छ । शुक्रबार राति आफ्नै कोठामा सुर्खेत पुख्र्यौली घर भएका उमेश केसी र श्रीमती सदीक्षा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

राती ९ बजे उक्त घटना भएको थियो । केसी ओछ्यानमा मृत अवस्थामा फेला परेको र गिरीको शव भ¥याङ नजिक झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीमान्को हत्या गरी श्रीमतीले पनि आत्महत्या गरेको अनुमान छ । तर शव परीक्षणपछि मात्रै घटनाको तथ्य कुरा खुल्ने जनाइएको छ । केसीका परिवारले भने कर्तव्य गरेर घटना घटाइएको आरोप लगाएको छ ।

प्रहरीले यो घटनालाई लिएर सुदीक्षाको दिदी शर्मिलालाई समेत सोधपुछ गरेको छ । उनले घटना थाहा पाएर पनि १२ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएको विषयमा सोधपुछ गरेको प्रहरी उच्च स्रोतले बतायो ।

उमेश दम्पत्ती जुन अपार्टमेन्टमा बस्थे घटनास्थलमा प्रहरीले मुचुल्का उठाउँदा उक्त अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फोडिएको अवस्थामा छ । प्रहरीले उक्त अपार्टमेन्टको सीसीटीभी फुटेज हेर्दा समेत त्यस्तो शंकास्पद केही प्रमाण भेटेको छैन ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार केसीको टाउकोमा चोट लागेको छ । विसं २०७२ देखि अमेरिकामा बस्दै आएका केसीले केही महिनाअघि मात्रै ग्रिनकार्ड पाएको बताइएको छ । दशैँमा नेपाल आएका उनी अमेरिका फर्कने तयारीमा थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?