उत्तर कोरियाको मुख्य दुश्मन अमेरिका : किम !


एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–उनले अमेरिका आफ्नो मुख्य दुश्मन भएको बताएका छन् । उत्तर कोरियाको सबैभन्दा ठूलो र नम्बर एक दुश्मन भएको बताएका हुन् । उत्तर कोरियाली राजधानी प्योङयाङमा सत्ताधारी वर्कर्स पार्टीको बैठकमा सम्बोधन गर्दै किमले थप उन्नत परमाणु हतियार आवश्यक भएको र अमेरिका आफ्नो दुश्मन भएको बताएको उत्तर कोरियाली सन्चारमाध्यमले जनाएका छन् ।

किमको यो अभिव्यक्तिलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका लागि ठूलो चुनौतिका रुपमा हेरिएको छ । सरकारी समाचार एजेन्सी केसिएनएका अनुसार किमले अमेरिकामा जो राष्ट्रपति भए पनि आफ्नो देशको नीति नबदलिने बताएका हुन् ।

‘अमेरिका हाम्रो विकासको प्रमुख बाधक हो,’ किमको भनाइलाई अन्तर्राष्ट्रिय सन्चारमाध्यमले प्रकाशन गरेका छन्, ‘हाम्रो विदेशी राजनीतिक गतिविधिको ध्यान अमेरिकालाई थप दबाउने हुनुपर्छ, अमेरिका हाम्रो सबैभन्दा ठूलो दुश्मन हो ।’

किमको यो अभिव्यक्ति अब अमेरिकामा बन्न लागेको नयाँ सरकारका लागि पनि चुनौतिपूर्ण भएको मानिएको छ । जो बाइडेन अब २० जनवरीमा आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिका रुपमा सपथ लिँदैछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]