स्वदेश फर्किए अध्यक्ष प्रचण्ड !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बईबाट आज स्वदेश फर्किएका छन् । मुम्बईको न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई पुगेका थिए ।
मुम्बईमा सीता दाहालको उपचार प्रक्रिया सुरू भएपछि प्रचण्ड आजै दिउँसो ४ बजे काठमाडौं आइपुगेका उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।