जहाँ सक्नुहुन्छ त्यहाँ प्रचण्ड–नेपालको धज्जी उडाउनूस्ः प्रधानमन्त्री ओली !


काठमाडौँ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, “साथीहरु जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद विघटन गर्नु कुनै गल्ती र नराम्रो काम नभएको स्पष्टीकरण दिए । उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जिकिर गरेका छन् । उनले भने, ‘संसदीय व्यवस्थामा निर्वाचन हुनु सामान्य हो । उनले भने, ‘देशलाई एउटा गतिमा बढाउनु पर्छ भनेर मैले चुनाव घोषणा गरेको हुँ ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]