अमिताभ बच्चनको आवाजले दिक्क भएको भन्दै अदालतमा उजुरी


एजेन्सी । भारतीय महानायक अमिताभ बच्चनको आवाजले दिक्क भएको भन्दै अदालतमा उजुरी परेको छ ।

कोरोना भाइरसको महामारीमा सचेतना जगाउनका लागि भारतीय मोबाइलमा प्रयोग गरिएको ब्याकटोनले दिक्क भएको भन्दै एक जनाले अदालतमा उजुरी गरेका हुन् ।

अमिताभको आवाजले दिक्क भएको भन्दै दिल्लीको एक अदालतमा उजुरी दिएको ती व्यक्तिले खुलाएका छन् । भारतमा गत मार्चदेखि मोबाइलमा फोन गर्दा कोरोनाबारे सचेतना दिने ब्याकटोन बज्ने गर्छ ।

यो भन्दा अघि पनि अमिताभको आवाजमा उक्त ब्याकटोन रोक्न धेरै अनुरोधहरू भएका थिए । यसबारे अमिताभ बच्चनले माफी पनि मागिसकेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]