घरेलु मैदानमा प्रदर्शन सुधारे पनि नेपाल विश्वकप फुटबलको छनोट चरणबाट बाहिर


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाली फुटबल टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग गोलरहित खेलेपछि विश्वकप छनोट चरणबाट बाहिएिको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगिताअन्तर्गत दोस्रो लेगमा नेपालले भारतसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको अघिल्लो चरण प्रवेशको ढोका बन्द भएको हो । सन् २०१८ रसियाको फिफा विश्वकप तथा सन् २०१९ को एसिया कप फुटबल प्रतियोगिताको छनोट चरणको खेलमा नेपाली टोली भारतसँगको बराबरी खेलसँगै प्रतियोगिताबाट बाहिरिएको हो । खेलको निर्धारित समयसम्म गोल गर्न निकै प्रयासरत रहेको नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग भने गर्न सकेको थिएन । होम एन्ड अवेअनुसार भएको उक्त छनोट खेलमा नेपालले पहिलो लेग गत फागुन २८ गते भारतको गुवाहाटीमा खेलेको थियो । जसमा नेपाल ०–२ गोलअन्तरले भारतसँग पराजित भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]