पार्टी छाडेका केही भगौडाहरु गाली गलौजमा उत्रिएः प्रधानमन्त्री ओली !


धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा बसेर हामी यहाँ छौ भनेका प्रचण्ड–माधव समुहलाई सभ्यता नभएको आरोप लगाएका छन् ।

नेकपा ओली समुहले शुक्रबार धनगढीमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समुहलाई ब्यंग्य गर्दै भने, बाटोमा बसेर हामी यहाँ छौ लेखेको व्यानर टास्ने, पार्टीको बैठकमा नआउने, सभ्यता नभएकाहरु ।

सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडन मात्रै जानेको बताए । उनले भने( पार्टी छाडेर हिँडेका केही भगौडाहरु गाली गलौज गरेर हिँडेका छन् । त्यस्ताको कुरा सुन्न पर्दैन । उनीहरु गाली गलौज गरेर हिँडे समय छ तर मलाइ देशको चिन्ता छ म देश विकासमा लागिपरेको छुँ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समुहप्रति लक्षित गर्दै भने केन्द्रीय कमिटीको बैठकका बेला बाटोमा गएर हामी यहाँ छौँ रे, कहाँ गए भनेको त उहाँहरुका समर्थक भनिएका, कार्यकर्ता, नेता भनिएका मान्छेहरु हामीलाई गालीगलौज गरेर हिँडेका छन् ।ु

शुक्रवार धनगढीमा सम्बोधनमा प्रधानमन्त्री ओलीले ​सुदूरपश्चिमको प्राकृतिक स्रोतको चर्चा गरेका थिए। सुदूरसँगै नेपाल पनि पछि परेको उनले बताए । सुदूरतालाई पछि पार्ने तागत कसैको नहुने बताए ।

यहाँका मान्छे रोजगारीका लागि भारत गएका छन्। नेपालीको रगत पसिनाले धेरै देश बनेको छन् । यहाँको अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या हुन् , सुकुमबासीका र सिँचाइका समस्या पनि यहाँ छन् यो मैले बुझेको छु,ु प्रधानमन्त्री ओलीले भने ।

कञ्चनपुरको दोधारा चाँदनीका लागि महाकाली नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने बताए ।

त्यस्तै पञ्चेश्वर परियोजना पनि अघि बढाइने उनले बताए। गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको उनले बताए। धनगढी बिमानस्थलबाट राति उडान भर्न सक्ने गरी व्यवस्था गर्न आफू लाग्ने बताए। गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने उनले बताए ।

ताक्लाकोटको नाकाको काम बढाइने प्रधानमन्त्री ओलीले बताए। ुसुक्खा बन्दरगाह र सिँचाइको मैले कुरा गरें। महाकालीमा पुल बनिसकेको छ। दार्चुला र बैतडीमा झोलु‌ंगे पु्ल बन्दै गरेको छ । रोजगारी खोज्न खाडी, पन्जाब र उत्तराखण्ड हैन नेपालमै बनाउने ध्याउन्न आफूहरुको भएको बताए ।

कहिल्यै एकमत नभएको संसद लिम्पियाधुरा, कालापानी लगायत भूमि, त्यसलाई समेटेर नक्सा जारी गर्दा एक भएको भन्दै उनले त्यो कामबाट केहीलाई छटपटी भएको प्रधानमन्त्री ओलीले बताए । नेपालको भूमि समेटेर नक्सा ल्याउँदा यही प्रदेशको मान्छेलाई टाउको दुखेको प्रधानमन्त्री ओलीले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]