परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी दिएका हुन् ।

ओलीले भनेका छन् ‘१४ तारिख (माघ १)परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले सीमा नाकाबारे पनि कुरा गर्नुहुन्छ ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]