दोलखामा गृहमन्त्री थापाको विरोधमा कालो बेलुन उडाइयो


दोलखा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालो बेलुन देखाइएको छ ।

नेकपा (ओली) समूहको जिल्ला भेलालाई सम्बोधन गर्न दोलखा पुगेका ‘बादल’लाई प्रचण्ड माधव समूहका कार्यकर्ताहरुले कालो बेलुन देखाएर विरोध गरेका हुन् ।

दोलखामा शुक्रबार आयोजना गरिएको भेलामा गृहमन्त्री थापासहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन कार्यक्रम छ ।

यसअघि पनि गृहमन्त्री थापालाई चितवनमा कालो बेलुन उडाएर विरोध गरिएको थियो । दोलखामा मन्त्रीहरू पुगेसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]