ओली आउने भएपछि धनगढीमा टायर बालियो, ६ ठाउँमा कालो झण्डा देखाउने तयारी


धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा धनगढीमा विरोध प्रदर्शन भएको छ । शुक्रबार ओली धनगढी जाने भएपछि प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरूले टायर बालेर विरोध गरेका हुन् ।

शुक्रबार बिहान प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताहरूले टायर बालेका छन् । धनगढीमा प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझण्डा देखाउने तयारी भएको कार्यकर्ताहरूले बताएका छन् ।


प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर जाँदैछन् । सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहका हुन् । सोही कारण त्यहाँ तनाव उत्पन्न हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]