शुक्रबार पनि सस्तियो सुन, आजको भाउ कति ?

काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।