राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चितकालका लागि बन्द !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ । बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको जनाएको हो ।
फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्टमार्फत यो जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा भएका घटनाबाट ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरणमा बाधा पुयाउन चाहन्छन् भन्ने स्पष्ट भएको जुकरबर्गले बताएका छन् ।
ट्रम्पले हिंसात्मक प्रदर्शनमा उत्रिएका आफ्ना समर्थकको निन्दा गर्नुको साटो स्याबासी दिन फेसबुकको प्रयोग गरेको उनको भनाइ छ । फेसबुकले बिहीबार ट्रम्पको एउटा पोस्ट हटाइदिएको थियो । अब नयाँ राष्ट्रपतिले सत्ता नसम्हालेसम्म ट्रम्पले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने फेसबुकले जनाएका छ ।