भेरी बस दुर्घटना अपडेटः १ जनाको मृत्यु, २ जना घाइते !

सुर्खेत । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । बिहिबार ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भेरी नदीमा बस खसेको हो ।
दुर्घटनामा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए । उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।