प्रचण्ड पार्टीको साधारण सदस्यका लागि पनि लायक छैनन्ः नेता पोखरेल


सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको साधारण सदस्यसमेत रहन लायक व्यक्ति नभएको बताएका छन् । बिहीबार सिन्धुपाल्चोकको खाँडीचौरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डको तरंगित भइरहने र अस्थिर प्रवृत्तिका कारण नेकपा अहिलेको अवस्थामा आइपुगेको आरोप लगाए । प्रचण्डको तरंगित स्वभावको कारणले पार्टीको अहिलेको अवस्थामा आइपुगेको छ । नेकपाको नवौं अधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक हुन्छु उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गरे । आफूहरूले बोकेको झण्डा नै पार्टीको आधिकारिक भएकोले कार्यकर्तालाई विचलित नहुन पनि उनले आग्रह गरे । पार्टीको आधिकारिकता प्राप्त गर्नका लागि केही समय कुर्नुपर्ने र त्यसपछि सूर्य चिह्‍न आफूहरूकै हुने उनले बताए ।

प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध पेश गरेको अभियोग पत्र फिर्ता लिन तयार भई आगामी निर्वाचनमा एकै पार्टी भएर मिलेर जान प्रचण्ड तयार भएमा पार्टी एक भइरहने बताए । १९ पेजको अभियोग पत्र फिर्ता लिन र आगामी निर्वाचनमा सँगै जान प्रचण्ड तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने महत्वपुर्ण कुरा होु उनले भने ।

पार्टीको विस्तारित केन्द्रीय समितिले नै महाधिवेशन र आगामी निर्वाचनको तयारी गर्ने उनले बताए । कार्यक्रममा सहभागी युवा तथा खेलकुद मन्त्री दावा लामाले नेकपामा प्रचण्ड–माधव समूहले अरूको भविष्यवाणी गर्न छाडिदिए हुने बताए । मन्त्री बनेपछि पहिलोपटक आफ्नो गृहजिल्ला आएका लामाले उनीहरूको समूह अब छिट्टै सुनकोशो नदीमा बग्दै दुम्जाको बेसी हुँदै नेपालको सिमाना कटेर बंगालको खाडीमा गएर विलीन हुने बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]