भेरीमा नदीमा बस खस्यो !

काठमाडौँ । दाङबाट सुर्खेतको बोटेचौर हुँदै सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । भेरीमा बस खस्दा एक जनाको मृत्यु भएको बताइएको छ । एक जना गम्भीर घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रवक्ता डिएसपी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।
नदीमा बस डुबेकाले गाडी नम्बर र कति जना सवार यात्रुहरु थिए भन्ने बारे एकिन नभएको डिएसपी घर्तीले जानकारी दिए । ‘दुर्घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय बोटेचौर र मेहलकुना घटनास्थलतर्फ गइरहेको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।