एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको मेशिनमा प्रयोग गर्दा शुल्क लाग्ने


काठमाडाैँ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेशिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

आगामी माघ १ गतेदेखि उक्त बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गदै राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार महिनामा २ पटकमात्रै एटीएम प्रयोग गर्दा भने यो व्यवस्था निः शुल्क गर्नुपर्नेछ । यसरी महिनामा २ पटकभन्दा बढी कारोबार गर्दा प्रति कारोबार २० रूपैयाँ भन्दा बढी लिन नपाउने समेत व्यवस्था गरिएको छ ।

कोरोना भाइरसका कारण गत चैतमा बैंकहरूले अन्तर एटीएम सेवा निःशुल्क गरेका थिए ।

यसअघि बैंक अनुसार सेवा शुल्क फरक-फरक भएता पनि अब भने अधिकतम २० रूपैयाँ मात्रै लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

circular_2077-09-23-1

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]