ट्रम्पको ट्वीटर एकाउन्ट ‘लक’ !

एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट ‘लक’ गरेको छ । उनको एकाउन्ट कम्तिमा १२ घण्टाका लागि बन्द गरिएको ट्वीटरले जनाएको छ ।
पछिल्लो पटक वासिङ्टनमा भएको हिंसालाई बल पुग्ने गरि चुनावबारे प्रमाण बिहीन दाबीसहितको ट्वीटका कारण उनको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।
ट्वीटरले भनेको छ, ‘अहिले भइरहेको असामान्यत गतिविधि र वासिङ्गटन डिसीमा जारी हिंसात्मक गतिविधिका कारणले आज पोस्ट गरेका तीन ट्वीट हटाउनु परेको छ, ती ट्वीटले हाम्रो नीति उल्लंघन गरेका छन् । ट्रम्पले तीन ट्वीट डिलिट नगरेमा उनको एकाउन्ट लक नै रहने छ ।
भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्वीटर ह्याण्डल सदाका लागि हटाउन बाध्य हुने सामाजिक सञ्जालले बताएको छ । यसैबिच ट्रम्पले आफ्ना हतियारधारी प्रदर्शनकारीलाई उनीहरुले संसद भवनमा आक्रमण गरिरहेका बेला गरेको सम्बोधनको भिडियो फेसबुक, युट्युब र ट्वीटरले हटाएका छन् ।