अमेरिकाको वाशिंटन डिसीमा कर्फ्यु !


एजेन्सी । अमेरिकाको वाशिंटन डिसीमा कफ्र्यु लगाइएको छ । वाशिंगटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरेपछि कर्फ्यु लगाइएको हो । संसदको काँग्रेस र सिनेटमा निर्वाचन प्रमाणित हुने प्रकिया चलिरहेका बेला ट्रम्पक समर्थक सभा हल भित्र पसेका थिए ।

ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउमा प्रवेश गरेर तोडफोड गर्न शुरु गरेपछि अस्तव्यस्त भएको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो । प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै असुर्ग्यास प्रहार गरिएको थियो ।

अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मिले चलाएको गोलि लागेर एक महिलाको मृत्यु भएको छ । सिनेट हल भित्र देखिएका प्रदर्शनकारीहरु हतियारसहित देखिएका थिए । यस अघि ट्रम्पले हजारौको र्याली गर्दै चुनाव रद्ध गर्नुपर्ने माग गरेका थिए ।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले यसलाई बिद्रोह को संज्ञा दिदै लोकतन्त्रको प्रक्रियालाई गाडी दिनुपर्ने बताएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई आगाडी बढेर यो घेराबन्दीलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले यसलाई राजद्रोहको संज्ञा दिदै आपत्ति जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै प्रदर्शन नगर्न आग्रह गरेपनि उनको भिडियोमा आफुले प्रदर्शन गर्ने सबैलाई माया गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]