भारतमा ५० वर्षीया महिलाको मन्दिरमा सामूहिक बलात्कारपछि हत्या !

एजेन्सी । भारतको उत्तर प्रदेशको उघैतीमा मन्दिरमा पुजा गर्न आएकी महिलाको बलात्कारपछि हत्या भएको छ । उनीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा मन्दिरका पुजारीका दुई साथी पक्राउ परेका छन् ।
अन्य दुई जना पनि पनि यही घटनामा पक्राउ परेका छन् । तर, घटनामा मुख्य दोषी मानिएका मन्दिरका पुजारी अझै पक्राउ परेका छैनन् ।
ती महिलाको परिवारले आइतबार साँझ महिला पूजाका लागि मन्दिर गएपछि घाइते अवस्थामा फर्किएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
उनलाई त्यहाँको मन्दिरका पुजारीले नै आफ्नो गाडीमा गम्भीर अवस्थामा घरमा ल्याएर छोडिदिएका थिए । पहिले प्रहरीले उजुरी नलिएको तर पछि पोस्टमार्टम रिपोर्टमा ती महिलामाथि सामूहिक बलात्कार भएको खुलेको हो ।