अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न ‘रेड नोटिस’ दर्ता


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ‘रेड नोटिस’ जारी भएको छ । इरानले सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पक्राउ गर्न भन्दै इन्टरपोलमा रेड नोटिस जारी गरेको हो ।

इरानी अदालतका प्रवक्ता गोलम्होसेन इस्माइलीले मंगलबार ट्रम्पलाई पक्राउ गर्न इन्टरपोललाई आग्रह गर्दै पत्र काटिएको जानकारी दिएका छन् । अल्जजिराका अनुसार ट्रम्प सहित ४८ जना अमेरिकी अधिकारीहरूलाई पक्राउ गर्न आग्रह गरिएको छ ।

इरानले इरानी उच्च सैनिक अधिकारी कासिक सोलेमानीको हत्या गर्न ट्रम्प सहित ती ४७ जना अधिकारीहरूले ठूलो भूमिका खेलेको भन्दै पक्राउ पुर्जी दर्ता गराएका हुन् ।

गएको वर्षको जनवरी ३ मा सोलेमानीको हत्या गरिएको थियो ।

पक्राउ पुर्जी दर्ता गरिएकोबारे जानकारी दिँदै प्रवक्ता इस्माइलीले सोलेमानीको हत्यामा संलग्नहरूलार्इ कारबाही गर्न इरान सरकार गम्भीर रहेको समेत प्रष्ट पारेको अल्जजिरामा उल्लेख छ ।

डोनाल्ड ट्रम्पकै निर्देशन अनुसार ड्रोनबाट बाग्दादमा सोलेमानीको हत्या गरिएको इरानले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघले पनि ट्रम्पको उक्त कार्य अन्तर्राष्ट्रिय कानुनको विपरीत रहेको ठहर गरेको छ ।

यसभन्दा अघि पनि इरानका कानुनी प्रवक्ता अलि अलकासिमेहरले ट्रम्प सहित दर्जनाै अमेरिकी अधिकारीहरूलाई पक्राउ गर्न वारेन्ट जारी गरेका थिए । गत जुनमा दर्ता गरिएको उक्त वारेन्टलाई इन्टरपोलले संवैधानिक अड्चन देखाउँदै पन्छाएको थियो ।

राष्ट्रपतीय चुनावमा पराजित भएसँगै ट्रम्प जनवरी २० बाट पदमुक्त हुँदैछन् । यो हिसाबले पनि ट्रम्प कानुनी झमेलामा पर्नसक्ने अल्जजिरामा उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]