भिक्टोरियामा कोरोनाको ३७ हजार परीक्षण, एकमात्र स्थानीय संक्रमित भेटियो !

मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरिया राज्यमा गएको २४ घण्टामा ३७ हजार ५ सय ९ कोभिड १९ कोरोनाको परीक्षण भएकोमा एकजना स्थानीयमा संक्रमण देखिएको छ । यस्तै विदेशबाट आएका यात्रीमध्ये २ जनामा पनि कोरोना संक्रमण देखिएसँगै राज्यमा सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ ।
न्यूसाउथवेल्समा ३२ हजार ६ सय ६७ परीक्षण गरिएकोमा पाँच नयाँ कोरोना संक्रमित देखिएको छ । यसमध्ये एकजना विदेशबाट आएका व्यक्ति भएको र बाँकी स्थानीय रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यसमध्ये एकजना बेरेला क्लष्टर अन्तर्गतको रहेको, अर्को व्यक्ति २० वर्ष करिबमा एभलोन क्लष्टरअन्तर्गत रहेको बताइएको छ जसले यसमा १४९ पुगेका छन् ।