दैलेखमा ५ बर्षीया बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ !


दैलेख । दैलेखमा मंगलबार ५ बर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपले प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–८ सिमडाका ३५ बर्षीया रामबहादुर बिक हुन् । घरमा कोही नभएको मौकामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा विक पक्राउ गरिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । ‘हामीले सुचनाको आधारमा आरोपितलाई पक्राउ गरेका छौं । हिरासतमा राखेर अनुसन्धान खुल्दैछ’, उनले भने ।

स्थानीय एकजना व्यक्तिले घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिाया थालेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]