जनताबाट भोट ल्याएर प्रधानमन्त्री बन्न प्रचण्डलाई बादलको चुनौती !


चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुने चाहना भए जनतबाट भोट ल्याएर प्रधानमन्त्री बन्न चुनौती दिएका छन् ।

आज (सोमबार) चितवनको भरतपुर आयोजित केपी शर्मा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डलाई हिम्मत भए जनताको बीचमा गएर, मन जितेर प्रधानमन्त्री बन्न चुनौती दिएका हुन् ।

‘संसद विघटन भएर मध्यावधि निर्वाचनको मिति तोकिएको छ,’ उनले भने,‘अब संसद नरहेपछि प्रधानमन्त्री हुन अहिले पाइँदैन ।

त्यसका लागि पहिले चुनाव जितेर आउनुस् । ’ गृहमन्त्री बादलले जनताको मत जितेर प्रधानमन्त्री र कार्यकर्ताको मत जिते महाधिवेशनबाट अध्यक्ष बन्न पनि प्रचण्डलाई सुझाव दिए । तर, मागेकै भरमा प्रधानमन्त्री पद भने नपाइने उनले बताए ।

उनले प्रचण्ड र माधवकुमार नेपालकै कारण पार्टीमा विभाजन आएको बताए । ‘प्रचण्ड र नेपालजीहरुले पार्टी अध्यक्षलाई नै हटाएर गुट चलाउन थालेकाले हामीले त्यसलाई अस्वीकार गरेका हौं,’ उनले भने ।

उनले प्रचण्ड–नेपाल समूह पार्टी फुटाउने लाइनमै सक्रिय हुँदै आएको पनि आरोप लगाए । गृहमन्त्री बादलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको पनि दाबी गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]