प्रमुख चार शक्तिको बैठकमा सहमति जुट्न सकेन, जिम्मा प्रधानमन्त्री र प्रचण्डलाई


prachanda and koiralaप्रमुख तीन दल र मधेसी मोर्चा सहितको निर्णायक वार्ता कुनै टुंगोमा पुगन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सत्तारुढ र सत्ताईतर दलहरुबीच सहमति जुट्न नसकेको हो । अझैपनि वार्तालाई निरन्तरता दिने विषयमा भने उनीहरु सहमत देखिएका छन् । वार्तामा चार पक्षबिचको छलफलमा सहमति हुन नसकेपछि दलहरुले छुट्टाछुट्टै छलफल गरेका थिए । चारपक्षको वार्तापछि एमालेका उपाध्यक्ष वामदेव गौतमले छलफलमा दलहरुबिच सहमति हुन नसकेपछि औपचारिक रुपमा संवाद हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“ हामीले सात प्रदेशको कुरा राख्यौं, उहाँहरुले जातीय प्रदेशको कुरा राख्नुभयो, त्यसैले संवाद अगाडी बढ्न सकेको छैन । ” उहाँले सहमतिका लागि आफुहरु अझै लचकता अपनाउन तयार रहेको बताउँदै सहमति हुन नसक्ने अवस्थामा संविधानसभाको प्रक्रिया अगाडी बढ्ने स्पष्ट पार्नुभयो । एकीकृत नेकपा(माओवादी)का सचिव वर्षमान पुनले सत्तारुढ दलले कुनै पनि विषयमा लचकता नअपनाएको आरोप लगाउँदै वार्ताका नाममा आफूहरुलाई अल्मल्याउन खोजेको बताउनुभयो । एमालेका उपाध्यक्ष भिम रावलले सहमतिको प्रयास जारी रहेको बताउँदै दलहरुबीच अहिले छुट्टाछुट्टै छलफल चलिरहेको उल्लेख गर्नु भयो । बैठकमा काँग्रेस, एमाओवादी र मधेसी मोर्चाका पार्टी प्रमुखकै उपस्थिति रहेपनि एमालेबाट अध्यक्ष केपी ओलीबाहेकको शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो । सहमति जुट्न नसकेपछि आइतबार विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेट हुने र अन्तिम सहमतिको प्रयास गर्ने तयार भिएको छ । भोलिसहमति हुन नसकेको अवस्थामा म्याद थप गर्नुपर्ने अवस्था छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]