जेएन थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे गृहमन्त्री


काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी परेका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुगेका हुन् ।

भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गरेका थिए । उनले थपलियाको उपचारमा संलग्न चिकित्सकसँग पनि उनको पछिल्ला स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।

कोरोना सङ्क्रमण भएको एक हप्तापछि रिपोर्ट नेगेटिभ आए पनि थपलिया एक महिनादेखि अस्पतालमा उपचाररत छन् । उनको छातीमा अझै समस्या देखिएकाले अस्पतालमै राखेर उपचार गरिएको छ । गृहमन्त्री थापा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन पुगेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]