ईन्दिरा जोशी र कोमल ओलीले यसरी नचाए सिड्नीवासीलाई


FINAL_NRN NIGHT SYDNEYएनआरएन नाईट सिड्नी सफलतापूर्वक सम्पन्न भएको छ। करिब ७ ३० बजे देखि ११ बजेसम्म मनोरञ्जनका साथ सिड्नीवासी नेपाली समूदायका सदस्यहरुले पाथीभरा श्रद्धाश्रमको निम्ति सहयोग पनि गरेका छन्। गायिका कोमल ओली र ईन्दिरा जोशीका साथ, हाँस्य अभिनेता भुपेन्द्र चुडाल, सिड्नीका विभिन्न गायिक गायिकाहरुले मेरो देशको झण्डा गीत प्रस्तुत गरेका थिए भने अन्य नेपाली नृत्य पनि प्रदर्शन गरिएको थियो। नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गीतबाट सुरु गरिएको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष हरि राम्जालीले उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । यस्तै पाथीभरा श्रद्धाश्रमका विषयमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्दै प्रोजेक्ट संयोजक रमेश पाण्डले नेपाल सरकारका निकायसँगको सहकार्यबाट अघि बढेको यस परियोजनाको सफलतामा अष्ट्रेलियावासी नेपालीको गौरव गाँसिएको बताउनुभयो । यसलगत्तै गायक राजकुमार गोश्वामी, नरेन कुलुंग, सुजाता उपाध्याय मानन्धर, ईश्वर पोखरेल, राजेश केसी लगायतले भर्खरै रिलिज गरिएको चर्चित गीत मेरो देशको झण्डा प्रस्तुत गरेका थिए । पाथीभरा श्रद्धाश्रम निर्माणमा सहयोगार्थ भएको कार्यक्रममा ८० वर्षीय संगीतकार गोपालनाथ योगीले भ्वाईलिनको माध्यमबाट मनोरञ्जन दिलाउनुभएको थियो । यसपछि सविता लामा र टिमले वारी तुँवालो पारी तुँवालो बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । हाँस्य अभिनेता भुपेन्द्र चुडालले आमाको माया नामक एकांकी प्रस्ुतत गर्नुभएको थियो । कसरी आमाबाबुले छोराछोरीको भावना बुझ्छन् तर आमाबाबु असक्त भएपछि छोराछोरीले उनीहरुलाई हेँला गर्छन् भन्ने भाव यसमा समेटिएको थियो । एनआरएन नाईटमा आफ्नो प्रस्तुत दिन नेपालबाट आएका कलाकारहरु कोमल ओली र ईन्दिरा जोशीलाई न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दीपक खड्का, एनआरएन संरक्षक ईन्द्रा बन, समाजका अग्रज नारायण प्रधान, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले सम्मान गर्नुभयो । यस लगत्तै सुरु भएको धमाधेदार प्रस्तुतिमा गायिका कोमल ओलीले आफ्ना प्रस्तुतिका साथै दोहोरी गीतको माध्यमबाट मनोरञ्जन गराउनुभएको थियो । यसैगरी गायिका ईन्दिरा जोशीले आफ्ना हिट नम्बरहरुमा उपस्थित दर्शकलाई नाच्न बाध्य बनाउनुभएको थियो । सहयोगी हातको माझ जाउँ एनआरएन साँझ नारा दिइएको यस प्रस्तुतिमा सिड्नीमा रहेका विभिन्न संघ संस्थाले ऐक्यबद्धता जनाएका थिए । समग्रमा हलमा उपस्थित सबैले नाच्दै गाउँदै कार्यक्रमका विभिन्न प्रस्तुतिमा रमाएको देखिन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]