रोनाल्डो र मेसीले पेलेलाई पछि पारे


एजेन्सी । इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेलेको एउटा रेकर्ड तोडेका छन् । गएराती युभेन्टसले इटालियन लिगमा युडिन्सेमाथि ४-१ गोलको जीत निकाल्दा रोनाल्डोले २ गोल गरेका थिए । उक्त २ गोल गरेसँगै औपचारिक खेलमा रोनाल्डोले पेलेलाई पछि पारेका हुन् ।

पलेले आफ्नो व्यवसायिक खेल जीवनमा ७५७ गोल गरेका थिए । तर, गएराती रोनाल्डोले व्यवसायिक फुटबल करियरमा ७५८ औँ औपचारिक गोल गर्न सफल भए ।

अब रोनाल्डो सबैभन्दा धेरै औपचारिक गोल गर्ने खेलाडीमा पेलेभन्दा अघि पुगेका छन् । मुन्डो डिपोर्टिभोका अनुसार रोनाल्डोभन्दा अगाडी चेक रिपब्लिकका जोसेफ बिस्कान छन् ।

बिस्कानले खेल जीवनमा ७५९ गोल गरेका छन् । जुन रोनाल्डोभन्दा मात्र एक गोल बढी हो । बिस्कानले ती गोलहरू १९३१ देखि १९५५ को बीचमा गरेका हुन् । अबको केही खेलहरूमा नै रोनाल्डोले बिस्कानलाई पनि उछिन्ने लगभग निश्चत छ ।

यो भन्दा अघि बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड मेसीले पनि पेलेको रेकर्ड आफ्नो नाममा लेखाएका थिए । उनले एउटै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।

पेलेले ब्राजिलियन क्लब सान्तोषबाट खेलजीवनभर ६४३ गोल गर्दा मेसीले बार्सिलोनाका लागि ६४४ गोल गरेका छन् ।

त्यस्तै, मेसीले क्बल बार्सिलोना र अर्जेन्टिनाका लागि ७१५ गोल गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]