बलात्कारबाट मृत्यु भएकी पूजा साहको अन्तिम संस्कार अझै हुन सकेन


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीय बालिका पूजा साहको आज चौथो दिन पनि अन्तिम संस्कार हुन सकेको छैन । स्थानीयले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै कलैयास्थित भरत चौकमा बालिकाको शव राखी प्रदर्शन जारी राखेका छन् । उनीहरूले कलैया बजार बन्द गरी कलैया–वीरगन्ज सडकसमेत बन्द गराएका छन् । ‘बेटी बचाउ’ कार्यक्रमका संयोजक एवम् पूर्व सभासद् प्रमोद गुप्ताले आफूहरूको मागप्रति सरकार गम्भीर नभएकाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]