आजको मौसमः देशैभर चिसो बढ्ने, हिमपात र वर्षा हुने पूर्वानुमान !


काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार (आज)कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।

काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावकै कारण अब जाडो झन् बढ्ने मौसमविद्को अनुमान छ ।

यो प्रणालीका कारण मङ्गलबार (भोली) सम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने महाशाखाले जनाएको छ । दिउँसोको समयमा बेलाबेलामा घाम लागे पनि फेरि बदली हुने छ । यस्तै पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहने पनि महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]