जिस्किएकै राम्रो

गजल

प्रगाढ बन्छन् सम्बन्ध नि, जिस्किएकै राम्रो ।
मान्छेले त जहिले पनि, जिस्किएकै राम्रो ।।

कसैलाई नि हेप्नु हुन्न, रिसाउनु नि हुन्न ।
जिस्किन त भइहाल्छ नि, जिस्किएकै राम्रो ।।

पुर्णिमाको शीतल कैले, औँसीको रात कैले ।
जिस्केकै छ त्यो चादनी, जिस्किएकै राम्रो ।।

मेरो मनमा बादल लाग्छ, तिमी गम्भीर बने ।
मरी लानु के छ त नि, जिस्किएकै राम्रो ।।

जिस्किएको भन्नू पनि, हाँसखेल मात्रै त हो ।
के जान्छ र ? जिस्केर नि, जिस्किएकै राम्रो ।।

® बडुवाल कपिल सिजापति
कालिकास्थान, अछाम

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?