नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ


काठमाडाैँ । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना व्यक्ति पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ जनालाई नक्कली पीसीआर रिपोर्ट सहित पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये एक जनाको मात्रै पूरा परिचय खुलाइएको छ । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना पक्राउ परेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]