कोटेश्वरमा पेस्तोल देखाएर लुटपाटको प्रयास


काठमाडाैँ । कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । आइतबार बिहान ६:३० बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो ।

भक्तपुरको राधेराधे बस्ने एक जना युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिएका छन् ।

प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको हो।

लुटपाट गर्न खोज्ने व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]