डोल्पामा आजदेखि फेरी लकडाउन !


सुर्खेत । डोल्पामा आज (आइतबार) देखि फेरी लकडाउन गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजदेखि पुस २३ गतेसम्म (पाँच दिन) लकडाउन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्र भित्र लकडाउन गरिएको छ । लकडाउन अवधिभर जिल्लामा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट नगर्न आग्रह गरिएको छ ।

सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका सम्पूर्ण पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्न पाइने, होटल, रेष्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]