अटोमेटिक पेस्तोलसहित दुई भारतीय पक्राउ !

महोत्तरी । अटोमेटिक पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको मरुवाही बिओपीबाट खटिएको टोलीले मनरा सिसवा नगरपालिका १० बाट अटोमेटिक पेस्तोलसहित बिहार राज्यको सितामढीका मुकेशकुमार मण्डल र राजकुमार दासलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरि स्थानियसँग विवाद भएपछि दशगजा हुँदै भारत तर्फ भाग्ने क्रममा उनीहरुलाई हतियारसहित पक्राउ गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।
उनीहरुको साथबाट २ राउन्ड ७ दशमलब ६५ लोडेड सेमि अटोमेटिक पेस्तोल नाल १ र स्प्रिङ चक्कु १ थान र ओप्पो मोबाईल सेट १ थान नियन्त्रणमा लिईएको सापकोटाले जानकारी दिए । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भइरहेको छ ।