काँग्रेस र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक, छलफललाई गतिशील बनाउन सहमति


???????????????????????सत्तारुढ दल नेपाली काँग्रेस र विपक्षी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान निर्माणका विवादित विषयमा सहमति खोज्नेबारे सकारात्मक कुराकानी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा दुबै पक्षबीच वार्ता, संवाद र सहमतिबाटै सबै समस्याको निकास निकाल्नेगरी छलफललाई गतिसिल बनाउने समझदारी भएको हो । बैठकपछि दुबै दलका नेताहरूले आजको छलफलमा कतिपय विषयहरू अत्यन्त गम्भीर र सकारात्मक ढङ्गले उठेका र सहमतिको दिसातर्फ उन्मुख भएको प्रतिक्रिया दिएका छन् । बैठकमा मधेसी मोर्चाले यसअघिको राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुरुप हुनुपर्ने धारणा राखेको थियो । त्यसमा सत्तारुढ काँग्रेसले सो विषयमा के कसरी सहमतिको विन्दु पहिल्याउन सकिन्छ भन्नेबारे छलफल र संवादलाई निरन्तरता दिईनुपर्नेमा जोड दिएको थियो । बैठकपछि नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुँले दुई पक्षबीच कतिपय गम्भीर विषयमा सकारात्मक रूपमा कुराकानी भएको भन्दै वार्ता,संवाद र सहमतिबाटै सबै समस्याको निकास निकाल्नु पर्दछ भन्नेबारे सहमति भएको उल्लेख गर्नुभयो । प्रवक्ता बडुँले दलहरू सबै विषयमा सहमति निर्माण गर्न सकिन्छ र सहमतिकै संविधान बन्न सक्दछ र बन्नुपर्छ भन्नेमा आफूहरू सहमत भएकाले वार्तालाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । पछिल्लो समय संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरू लागिपरेका छन् जसअनुरुप दुई पक्षीय र बहुपक्षीय दलीय छलफल चलिरहेका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहमतिमा संविधान निर्माणबारे सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो । “संविधान निर्माणका विवादित विषयमा कुराकानी भयो उहाँहरूले सहमतिकै आधारमा संविधान निर्माण गर्नुपर्छ र त्यसका लागि सहमति जुटाउनुपर्छ भन्नुभयो । उहाँले मोर्चाको तर्फबाट राज्य पुनःसंरचना आयोगको प्रतिवेदन र ३० दलीय मोर्चाको धारणा अनुरुप सङ्घीयताबारे कुरा राखेको जानकारी दिँदै सोही आधारमा तराईमा दुई प्रदेश (नारायणीदेखि झापासम्म र त्यहाँदेखि कञ्चनपुरसम्म अर्को प्रदेश) भनेका छौ र ३० दलीय मोर्चाको पनि सोही धारणा रहेको प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]