भारतका पूर्व कप्तान सौरभ गांगुली अस्पताल भर्ना !

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष तथा भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
गांगुलीलाई कोलकात्तास्थित उडल्याण्ड अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य स्थिर छ ।
४८ वर्षीय गांगुलीलाई शुक्रबार छाति दुख्ने समस्या देखिएको थियो । शनिबार दिउँसो पनि सोही समस्या दोहोरिएपछि उनलाई परिवारका सदस्यले अस्पताल पुर्याएका थिए ।